खेल


स्वीट्जरल्याण्डलाई हराउँदै इटाली नकआउट चरणमा

स्वीट्जरल्याण्डलाई हराउँदै इटाली नकआउट चरणमा

नेपालखबर
असार २, २०७८ बुधबार २३:३६,

स्वीट्जरल्याण्ड्सलाई ३-० गोलअन्तरले पराजित गर्दै इटाली यूरोकप फुटबलको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। 

बुधबार राति लयमा रहेको इटालीले समूह एको खेलमा स्वीट्जरल्याण्डमाथि प्रभावशाली जित हात पार्दै नकआउट चरणमा स्थान बनाएको हो।

पहिलो खेलमा इटालीले टर्कीलाई पनि ३-० गोलअन्तरले नै पराजित गरेको थियो। इटालीको जितमा म्यानुयल लोकाटोलीले दुई तथा किरो इमाबिलोले एक गोल गरे।

जितसँगै इटाली ६ अंकसहित समूहको शीर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। स्वीट्जरल्याण्ड भने १ अंकसहित तेस्रो स्थानमा छ।

यो पनि: हंगेरीविरुद्धको खेलमा रोनाल्डोले तोडेका ६ रेकर्ड 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .