मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिदाइ गरेका छन्।
रोशन तामाङको कप्तानीमा रहने नेपाली टोलीमा दीपेशजङ थापा, उमेशबहादुर महतो, अनिल जर्घा मगर, विजय महतो र पदमबहादुर थाडा मगर रहेका छन्।
प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, टिम म्यानेजरमा नेत्रप्रसाद गुरुङ र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के छन्।
विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना दिए।
शनिबारदेखि सुरू हुने विश्वकपमा २१ राष्ट्रको सहभागिता रहनेछ।
नेपाल डिभिजन वानमा रहेको छ। जहाँ कुल ९ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। प्रिमियरमा भने १२ राष्ट्र रहेका छन्।
9
Shares
प्रतिक्रिया