ad ad

खेल


टर्कीलाई पराजित गर्दै वेल्सले हासिल गर्यो युरोपियन च्याम्पियनसिपमा पहिलो जित

टर्कीलाई पराजित गर्दै वेल्सले हासिल गर्यो युरोपियन च्याम्पियनसिपमा पहिलो जित

नेपालखबर
असार २, २०७८ बुधबार १८:३,

टर्कीलाई पराजित गर्दै वेल्सले युरोपियन च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ। बुधबार राति अजरवैजान बाकुस्थित बाकी ओलम्पिया स्टेडियममा भएको समुह ए को दोस्रो चरणको खेलमा वेल्सले टर्कीलाई २–० गोल अन्तरले पाखा लगाएको हो।

खेलको ४२ औँ मिनेटमा आरोन राम्सेले वेल्सका लागि पहिलाे गाेल गर्दै अग्रता दिलाएका थिए।कप्तान ग्यारेथ बेलको पासमा राम्सेले गोल गरेका हु्न्। निर्धारित ९० मिनेटपछि थप गरिएकाे ५ मिनेटमा सी. राेबर्ट्सले अर्काे गाेल थप्दै वेल्सको जित सुनिश्चित गरे। 

 दुवै खेलमा कप्तान बेलले असिस्ट प्रदान गरेका थिए।

जितसँगै वेल्सले अघिल्लो चरण यात्रा केही सहज बनेको छ भने पराजित टर्कीको अघिल्लो चरण यात्रा भने निकै कठीन बनेको छ।

जितसँगै वेल्स ४ अंक जोडेर समुह ए को शीर्ष स्थानमा उक्लिएको छ। पराजित टर्की अंकविहीन रुपमा तालिकाको पुछारमा छ। हारसँगै टर्कीको अघिल्लो चरण यात्रा कठीन बनेको छ।

पहिलो खेलमा वेल्सले स्वीटजरल्याण्डसँग एक एक गोलको बराबरी गरेको थियो।

युरो कपमा आज मध्यराति पौने १ बजे समुह ए कै इटाली र स्वीटरल्याण्ड भिड्नेछन्। पहिलो खेलमा टर्कीमाथि ३–० को सहज जित हात पारेको इटाली लगातार दोस्रो जितको खोजीमा छ।

समुह चरण यात्रा पार गर्न स्वीटजरल्याण्डलाई जित्नै पर्ने दबाब छ। ३ अंक भएको इटाली दोस्रो स्थानमा छ। एक अंक भएको स्वीटजरल्याण्ड तालिकाको तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .