स्कटल्याण्डलाई पराजित गर्दै चेक रिपब्लिकले युईएफए युरोकपमा सुखद सुरुवात गरेको छ। ग्लास्गोमा सोमबार राति भएको समुह डी को खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको हो। चेक रिपब्लिकले सन् २०१० पछि पहिलो पटक स्कटल्याण्डलाई हराएको हो।
चेक रिपब्लिकको जितमा दुवै गोल प्याट्रिक स्चिकले गरे। खेलको ४२ औँ मिनेटमा भ्लादिमिर कोउफलको पासमा स्चिकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अग्रता बनाएको चेक रिपब्लिकले थप गोल दोस्रो हाफमा गर्यो।
खेलको ५२ औँ मिनेटमा थोमस सोउसेकको पासका व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। जितसँगै चेक रिपब्लिकले पछिल्ला ३ खेलमा भोगेको हारको बदला समेत लिएको छ।
जितसँगै ३ अंक जोडेको चेक रिपब्लिक समुह डी को शीर्ष स्थानमा उक्लिएको छ। समान ३ अंक नै भएपनि इङल्याण्ड तालिकाको दोस्रो स्थानमा छ।
युरोकपमा आजै राति समुह ई का दुई खेल हुँदैछन्। हुने समुह इ का खेराति पौने १० बजे हुने खेलमा पोल्याण्ड र स्लोभाकिया आमनेसामने हुँदै छन्। पोल्यान्ड र स्लोभाकिया सन् २०१३ पछि भिड्न लागेका हुन्।
मध्यराति पौने १ बजे हुने खेलमा स्पेन र स्विडेन खेल्नेछन्। सन् २००८ र २०१२ मा लगातार युरोपियन च्याम्पियनसिपको उपाधि उचालेको स्पेन आफ्नो छविलाई कायम राख्दै अघि बढ्न चाहन्छ। युरोपियन फुटबलमा यी दुई चिरप्रतिद्वन्द्वी टोली हुन्।
प्रतिक्रिया