समाज


भारतमा देखापर्‍यो कोरोनाको अर्को नयाँ रूप ‘डेल्टा प्लस’!

भारतमा देखापर्‍यो कोरोनाको अर्को नयाँ रूप ‘डेल्टा प्लस’!

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १५:२६,

भारतमा कोरोना भाइरसको अति संक्रामक ‘डेल्टा प्लस’ उत्परिवर्तन भएर ‘डेल्टा प्लस’ अर्थात् एवाई.१ बनेको छ। तर यस विषयमा अहिले चिन्तित हुनुपर्ने अवस्था नरहेको भारतीय वैज्ञानिकले बताएका छन्। किनकि यसको संक्रमण अहिले एकदमै कम मात्र देखिएको छ।

भारतीय वैज्ञानिकका अनुसार डेल्टा प्लस, डेल्टा अर्थात् बी१.६१७.२ बाट उत्परिवर्तन भएर बनेको हो। जुन पहिलोपटक भारतमा पहिचान भएको थियो। डेल्टा नै कोरोनाको दोस्रो लहर ल्याउन जिम्मेवार ठानिएको छ।

यसबाट पनि उत्परिर्वतन भएर अहिले देखापरेको डेल्टा प्लस कति घातक छ भन्ने कुरा अहिले पत्ता लागिनसकेको भारतीय वैज्ञानिकले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .