खेल


वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपाललाई २०५ रनको विशाल लक्ष्य

वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपाललाई २०५ रनको विशाल लक्ष्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख १५, २०८१ शनिबार १४:५, काठमाडौँ

कप्तान रोस्टन चेसको आक्रामक ब्याटिङमा वेस्ट इन्डिज ए टोलीले घरेलु टोली नेपालसामु जितका लागि २ सय ५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रनको योगफल तयार पारेको हो। 

वेस्ट इन्डिज एका लागि कदिम एलियन १४ किमो पल शून्य रनमा नटआउट रहे। 

कप्तान रोस्टन चेस ४७ रन बनाउँदा क्याच आउट हुन पुगे। ४६ बलमा ९ चौका र २ छक्का हानेका रोस्टन अन्तिम ओभरको चौथो बलमा दीपेन्द्रको बलमा कुशल मल्लको हातबाट क्याच आउट हुन पुगे। 

ओपनर एलिक एथानाजेले ४६ रन थपे। एलिस सातौँ ओभरको पाँचौँ बलमा रोहित पौडेलको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए। 

३८ रन बनाएका केसी कार्टी अविनास बोहोराको बलमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट हुन पुगे। 

आन्द्रे फ्लेचर १३ रन बनाउँदा रन आउट भए। जोनसन चाल्र्स शून्य रनमै कमलसिंह ऐरीको बलमा बोल्ड आउट भए। 

नेपालका लागि कप्तान रोहित पौडेल, कमल ऐरी, अविनास बोहोरा र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए। 

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .