ad ad

खेल


डेनमार्कका मिडफिल्डर मैदानमा ढलेको खेलमा फिनल्यान्ड विजयी

डेनमार्कका मिडफिल्डर मैदानमा ढलेको खेलमा फिनल्यान्ड विजयी

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ४:१६,

युरोपेली च्याम्पियनसिपको समूह ‘बी’ को खेलमा फिनल्याण्डले डेनमार्कलाई पराजित गरेको छ।

गएराति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० गोलअन्तरले पराजित गर्दै तालिकामा ३ अंक जोडेको छ। डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा अचेत भएर लडेपछि खेल झन्डै डेढ घण्टा रोकिएको थियो।

खेलको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएका थिए। मैदानमा एक्कासी ढलेका एरिक्सनलाई स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए। उनको झन्डै १५ मिनेट मैदानमा नै उपचार गरिएको थियो।

उनको होस आएपछि थप उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल पुगेपछि उनले भिडियो कलमार्फत सहकर्मीलाई खेल सुरु गर्न भनेका थिए। युईएफएले छलफल गरेपछि डेढघण्टा पछि खेल सुरु भएको थियो।

४३ औँ मिनेटमा रोकिएको खेलको पहिलो हाफको ४ मिनेट खेलाएर रेफ्रिले ब्रेक दिएका थिए। ५ मिनेट हाफ टाइम दिइएपछि खेलको दोस्रो हाफ सुरु भएको थियो।

खेलको ५९ औं मिनेटमा जोल पोहान्पालोले गोल गर्दै फिनल्याण्डलाई अग्रता दिलाए। उनको त्यो गोल नै खेलका लागि निर्णायक बन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .