खेल


युरोकपमा बेल्जियमको विजयी सुरुवात

युरोकपमा बेल्जियमको विजयी सुरुवात

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ४:६,

रोमेलु लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

समूह ‘बी’ मा रहेको बेल्जियमले आफ्नो पहिलो खेलमा रुसलाई ३–० गोल अन्तरले पराजित गर्यो। बेल्जियमको जितमा फरवर्ड रोमेलु लुकाकुले २ तथा थोमस मुनिएरले एक गोल गरे।

खेलको १० औँ मिनेटमा नै लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा थोमस मुनिएरले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २–० ले अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा एक गोल थप्यो। ८८ औं मिनेटमा मुनिएरको क्रसमा लुकाकुले गोल गर्दै ३–० ले अग्रता बनाए। लुकाकुले पछिल्ला १५ खेलमा २० गोल गरेका छन्।

जितसँगै बेल्जियमले अंक तालिकामा ३ अंक जोड्दै शीर्ष स्थानमा छ। त्यति नै अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा छ। अंक विहिन डेनमार्क तेस्रो र रसिया चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .