फिफा विश्वकप तथा एशियन कप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा नेपाल दुई–शून्यले पछि परेको छ।
कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा नेपाल २–० गोलले पछि परेको हो।
पहिले हाफको छैटौँ मिनेटमा नै नेपाल पहिलो खान पुगेको थियो। कप्तान म्याथु लेकीले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका हुन्।
खेलको ३८ औँ मिनेटमा फ्रान्क कारासिकले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पारे।
छनोट चरणको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको थियो।

प्रतिक्रिया