फिफा विश्वकप तथा एशियन कप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली टोलीमा ४ खेलाडी परिवर्तन भएको छ।
खेल कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा राति पौने १० बजे हुनेछ। छनोट चरणको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको थियो। नेपालले अहिलेसम्म अष्ट्रेलियालाई हराउन सकेको छैन।
समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ४ खेलाडी परिवर्तन गरेका हुन्।
नेपाली टोलीको गोलपोष्ट कप्तान तथा गोलरक्षक किरण चेम्जोङले सम्हाल्नेछन्। फरवार्डमा नवयुग श्रेष्ठ र सुमन लामालाई सुनिल बलले साथ दिनेछन्। मिडफिल्ड पुजन उपरकोटी, एरिक विष्ट र विशाल राई छन्। डिफेन्समा गौतम श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ र सुमन अर्याल छन्।
जोर्डनसँगको खेलमा सुरुवाती रोजाइमा खेलेका अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ आजको खेलमा बेन्चमा छन्।
प्रतिक्रिया