इराक र नेपालबीच भएको मैत्रीपूर्ण फुटबलमा इराकले फराकिलो अग्रता लिएको छ।
खेलको दोस्राे हाफको खेल जारी रहँदा इराकले ६ गोल गरेको छ भने नेपालले २ गोल गरेको छ।
खेलको २९ मिनेटमा नेपालका मनिष डाँगीले गोल गरेका थिए। उनले आफ्नो पहिलो (डेब्यु) खेलमै गोल गरेका हुन्। त्यसअघि खेलको सातौ मिनेटमा इराकले गोल गरेपछि नेपाल पछि परेको थियो। त्यसपछि इराकले आत्मघाति गोलको उपहार दिएको थियो। अञ्जन विष्टले हानेको बल जोगाउने क्रममा इराकी खेलाडीले आफ्नै पोष्टमा गोल गरेका हुन्।
७७ मिनेटसम्मको खेल हुँदा इराकको ६ र नेपालको २ गोल रहेको छ।
खेल इराकको अल्फाहया रंगशालामा नेपाली समयअनुसार राति सवा १० बजे सुरु भएको हो।
नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकसँग खेलेको हो।
नेपाली टोलीले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट खेल्नुअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।
मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बुधबार नै इराक पुगेको थियो। मैत्रीपुर्ण खेलपश्चात् नेपाली टोली आइतबार स्थतमार्ग हुुँदै कुवेत जानेछ।
नेपाल र इराकको दुई दशकपछि भेट भएको हो।
प्रतिक्रिया