खेल


भिल्लारियललाई युरोपा लिगको उपाधि, म्यानचेस्टर युनाइटेड सडन डेथमा पराजित

भिल्लारियललाई युरोपा लिगको उपाधि, म्यानचेस्टर युनाइटेड सडन डेथमा पराजित

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ६:१७,

क्लब इतिहासमा नै पहिलो पटक स्पेनिस टोली भिल्लारियलले युरोपा लिगको उपाधि उचालेको छ।

गएराति भएको खेलमा सडन डेथमा म्यानचेस्टर युनाइटेडलाई ११–१० गोल अन्तरले पराजित गर्दै भिल्लारियलले पहिलो उपाधि जितेको हो।

पहिलो हाफको २९औँ मिनेटमा भिल्लारियलले जेरार्ड मोरेनोको गोलमा अग्रता लिएको थियो।

खेलको ५६औँ मिनेटमा युनाइटेडका एडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

थप गरिएको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा पनि दुवै टोलीले १०–१० गोल गरेपछि सडनडेथमा भिल्लारियलले उपाधि जित्न सफल भएको हो।

सडन डेथमा भिल्लारियलका गोलरक्षक जेरमिनो रुल्लीको प्रहार गोलमा परिणत भएको थियो।

म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेविड डि हियाको प्रहार भने रुल्लीले बचाएपछि भिल्लारियल पहिलो पटक च्याम्पियन बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad