ad ad

खेल


सुपर लिगमा खेल भावनाविपरीत काम गर्ने विराटनगरका प्रशिक्षकसहित ४ जनामाथि कारबाही

सुपर लिगमा खेल भावनाविपरीत काम गर्ने विराटनगरका प्रशिक्षकसहित ४ जनामाथि कारबाही

नेपालखबर
जेठ १२, २०७८ बुधबार ८:४०,

खेल भावनाविपरीत काम गरेको भन्दै विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान लसहित ४ जना कारबाहीमा परेका छन्।

नेपाल सुपर लिग (एनएसएल) मा गत वैशाख २५ गते भएको ललितपुर सिटी एफसीविरुद्धको खेलमा भावनाविपरीत व्यवहार गरेको र अनुशासन तोडेको भन्दै एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले मुख्य प्रशिक्षकसहित ४ जनालाई कारबाही गरेको हो।

रेफ्रीको निर्णयमा असहमत रहेको बहानामा खेल नै अवरुद्ध गरेको आरोपमा विराटनगरलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ।

यस्तै मुख्य प्रशिक्षक यान ललाई अर्को सिजनमा प्रतिबन्ध लगाउने र ५० हजार रुपैयाँ जरिवाना गरेको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ।

सो खेलका दौरान खेलाडीहरुलाई मैदानबाहिर बोलाएपछि खेल ७ मिनेट रोकिएको थियो। सो खेलमा स्पेनिस फरवार्ड पेड्रो मान्जीबाहेक अन्य खेलाडीले मैदान छाडेका थिए।

ललगायत अन्य अफिसियलले सबै खेलाडीलाई मैदान छाड्न लगाएका थिए।

खेलाडीलाई मैदान छाड्न उक्साएको र अनुशासन तोडेको भन्दै विराटनगरका टेक्निकल डाइरेक्टर सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई आगामी सिजनका ३ खेलमा प्रतिबन्ध लगाएको छ।

त्यसबाहेक उनीहरुलाई आवश्यक देखिएमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले थप कारबाही गर्न सक्नेछ।

दशरथ रंगशालामा भएको सो खेलमा विराटनगर ललितपुरसँग ४–० ले पराजित भएको थियो।

biratnagar karbahima2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .