प्रिमियर लिगको अन्तिम चरणको खेलमा एस्टोन भिल्लासँग पराजित भएपनि चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने भएको छ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा स्टोन भिल्लाले चेल्सीलाई २–१ ले पराजित गरेको हो। हारका बाबजुद पनि अंक तालिकाको चौथो स्थानमा रहेको चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने भएको हो।
गएराति नै भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै तेस्रो स्थानमा रहेर अर्को सिजनको च्याम्पिन्यस लिगमा स्थान बनाएको हो। लिभरपुलको जितमा दुवै गोल सोडियो मानेले गरे।
लिगको अर्को खेलमा च्याम्पियन म्यानचेस्टर सिटीले एभर्टनलाई ५-० को फरािकलो अन्तरले पराजित गर्यो। ३८ खेलबाट म्यानचेष्टर सिटीले ८६ अंक जोड्दै च्याम्पियन बन्यो। ७४ अंक जोडेको म्यानचेष्टर युनाइटेड उपविजेता बनेको छ।
समान खेलबाट लिभरपुलले ६९ र चेल्सीले ६७ अंक जोड्दै अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएका हुन्। ६६ अंकमा पाँचौ स्थानमा रहेको लेस्टर सिटीले भने अर्को सिजन युरोपा लिग खेल्नेछ।

प्रतिक्रिया