खेल


ला लिगाः उपाधि होडमा दुई मड्रिडको कडा टक्कर

ला लिगाः उपाधि होडमा दुई मड्रिडको कडा टक्कर

नेपालखबर
जेठ ३, २०७८ सोमबार ५:४२,

ओसासुनालाई पराजित गर्दै एटलेटिको मड्रिडले स्पेनिस ला लिगाकोे उपाधि होड थप मजबुत भएको छ।

आइतबार राति भएको खेलमा रियलले अवे मैदानमा एथ्लेटिक बिल्वाओलाई पराजित गरे पनि एटलेटिको मड्रिडले ओसासुनालाई घरेलु मैदानमा हराएपछि एटलेटिको अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको हो।

एटलेटिकोले घरेलु मैदानमा ओसासुनालाई २–१ गोल अन्तरले पाखा लगायो। एटलेटिकोले १–० ले पछि परेको स्थिति उल्टाउँदै जित निकालेका थियो।

ओसासुनाका आन्टे बुडिमिरले खेलको ७५औँ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।

२ मिनेटमा मिनेटपछि नै एटलेटिकोले बराबरी गोल फर्कायो। जोआओ फेलिक्सको उत्कृष्ट चिप पासलाई रेनान लोडीले सदुपयोग गर्दै गोल गरेका थिए।

८ मिनेटमा लुइस सुआरेजले गोल गर्दै एटलेटिकोलाई रोमाञ्चक जित दिलाए।

अर्को खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १–० ले पराजित गर्यो। पहिलो हाफ गोलरहित बराबरीमा भएको खेलमा दोस्रो हाफमा गोल सम्भव भएको थियो।

रियलका लागि खेलको ६८औँ मिनेटमा नाचो फर्नान्डेजले गोल गरेका थिए।

रियलले भने उपाधि जित्न अब एटलेटिकोले कम्तीमा अंक गुमाउनुपर्ने समीकरण छ। रियलले अन्तिम खेल घरेलु मैदानमा भिल्लारियलसँग खेल्दै छ। एटलेटिकोले अवे मैदानमा रियल भालाडोलिडसँग खेल्नेछ।

रियल र एटलेटिकोको अंक बराबर भएको अवस्थामा हेड टु हेडको आधारमा रियल मड्रिड अघि छ। रियलले यस सिजन एटलेटिकोविरुद्ध जित र बराबरी खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .