नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले शुक्रबार घोषणा गरेको २३ सदस्यीय टोलीमा नियमित कप्तान विराज महर्जन, उपकप्तान तथा गोलरक्षक किरण चोञ्जोङ र रोहित चन्द छैनन्।
किरण हाल जापानी क्लबमा ट्रायल दिन गएका छन्। यस्तै रोहित इन्डोनेसियन लिगमा व्यस्त छन। विराज भने राष्ट्रिय टोलीसँगै प्रशिक्षणमा भएपनि उनलाई मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश गरिएको छैन्।
विश्वकप छनोटको तयारीका लागि नेपालले आगामी अगष्ट २६ मा जोहोरसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
विश्वकप छनोट अन्तर्गत भदौ १९ गते हुने कुवेत र भदौ २४ गते हुने चाइनिज ताइपेईविरुद्धको खेलअघिको अन्तिम तयारीका लागि नेपालले मलेसियन सुपर च्याम्पियन क्लब जोहोरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
उक्त खेल मलेसियास्थित जोहर सिटीको पसर गुदाङ रंगशालामा हुनेछ। मैत्रीपूर्ण खेलका लागि नेपाली २३ सदस्यीय टोली यस्तो छः
गोलरक्षकः विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
रक्षकः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, राजेन धिमाल, सुमन अर्याल
मिडफिल्डरः सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्डः बिमल घर्तीमगर, बिमल राना, अभिशेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया