ad ad

खेल


बार्सिलोना ग्रानडासँग पराजित, उपाधि होडमा धक्का

बार्सिलोना ग्रानडासँग पराजित, उपाधि होडमा धक्का

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार २:५७,

घरेलु मैदानमा ग्रानडासँग पराजित भएपछि क्याटलान क्लव बार्सिलोनाको उपाधि होडमा धक्का पुगेको छ।

बिहिबार राति क्याम्प नोउमा भएको खेलमा बार्सिलोना ग्रानडासँग २–१ स्तब्ध भएसँगै शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको हो।

हारसँगै बार्सिलोना तेस्रो स्थानमा यथावत छ। बार्सिलोनाको ३३ खेलबाट ७१ अंक रहेको छ। शीर्षस्थानको एट्लेटिको मड्रिडको ७३ तथा दोस्रो स्थानमा रियल मड्रिडको ७१ अंक छ। समान ७१ अंक भएपनि रियल हेड टु हेडमा दोस्रो स्थानमा छ। बार्सिलोनालाई हराएको ग्रानडा ४५ अंकसहित आठौं स्थानमा छ।

घरेलु मैदानमा बार्साले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो।

खेलको २३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए। उनले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका थिए।

खेलको ६३औं मिनेटमा डार्विन माचिसले गोल गर्दै ग्रानडालाई खेलमा फर्काएका थिए। खेलको ७९औं मिनेटमा जर्ग मोलिनाले गोल गर्दै ग्रानडालाई २–१ को अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा बार्सा पराजित हुन पुग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .