खेल


च्याम्पियन्स लिग : आज राति सिटी र पीएसजी भिड्दै, दुवैलाई इतिहास रच्ने मौका

च्याम्पियन्स लिग : आज राति सिटी र पीएसजी भिड्दै, दुवैलाई इतिहास रच्ने मौका

नेपालखबर
बैशाख १५, २०७८ बुधबार १०:६,

युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा आज राति पेरिस सेन्ट जर्मन (पीएसजी) र म्यानचेस्टर सिटी भिड्दै छन्।

पहिलो लेगको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेस रंगशालामा सुरु हुँदै छ।

पीएसजी साविक उपविजेता हो। उसले गत संस्करणको विजेता बायर्न म्युनिखलाई क्वार्टरफाइनलमा पराजित गरिसकेको छ।

यी दुई टोलिबिच अहिलेसम्म तीन पटक भेट भएको छ। जसमा सिटीले एक खेल जितेको छ भने दुई खेल बराबरीमा टुंगिएको छ। दुई टोलीबीच २०१६ मा च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा अन्तिम भेट भएको थियो।

जसमा पहिलो लेग पीएसजीको मैदानमा २–२ को बराबरी भएको थियो भने दोश्रो लेगमा सिटीले १–० को जित निकाल्दै सेमिफाइनल पुगेको थियो। च्याम्पियन्स लिगमा सिटी त्यहाँबाट अगाडि बढ्नसकेको छैन।

उक्त हारको बदला लिने मौका आज पीएसजीलाई छ। गत संस्करणको फाइनलमा हारेको बायर्नसँग पीएसजीले यो सिजन बदला लिइसकेकाले उ उच्च मनोवलमा छ।

सिटीले डर्टमुन्डलाई क्वार्टरफाइनलबाटै घर पठाएको हो। पीएसजी पछिल्ला तीन खेलमा र सिटी पछिल्ला दुई खेलमा अपराजित छन्। घरेलु लिगमा भने सिटी उपाधि नजिक हुँदा पीएसजीले शीर्षस्थानको लिलेलाई कडा टक्कर दिइरहेको छ।

दुवै टोलीले हालसम्म च्याम्पियन्स लिगको उपाधि उचाल्न सकेका छैनन्। पीएसजी गत संस्करणमा फाइनलमा पुगेको हो भने सिटी अहिलेसम्म फाइनल पुग्नै सकेको छैन।

दुवै टोली पहिलो लेगबाट इतिहास रच्ने बाटो मजबुद बनाउने दाउमा हुनेछन्। दोस्रो लेग मे ६ मा सिटीको मैदानमा हुनेछ।

अर्को सेमिफाइनलमा गत राति रियल मड्रिड र चेल्सीले १–१ को बराबरी खेलेका छन्। यी दुइृ टोलिको दोस्रो लेग मे ५ मा चेल्सीको मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .