ad ad

खेल


पाकिस्तानविरुद्धको खेलअघि के भन्छन् भारतीय कप्तान कोहली?

पाकिस्तानविरुद्धको खेलअघि के भन्छन् भारतीय कप्तान कोहली?

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार ०:२,

आइसिसी क्रिकेट विश्वकप २०१९ मा भारत र न्यूजिल्याण्डबीचको बिहीबार तय खेल वर्षाले अवरुद्ध भएपछि सबैको नजर अब जुन १६ मा हुने भारत र पाकिस्तानबीचको बहुुप्रतिक्षित खेलमा छ।

न्यूजिल्याण्डविरुद्धको खेल वर्षाले रद्द भएपछि भारतीय कप्तान विराट कोहलीले निराशा व्यक्त गर्दै आफ्नो सम्पूर्ण ध्यान पाकिस्तानसँगको खेलमा भएको बताए।

कोहलीले पाकिस्तानविरुद्ध आफू सर्वश्रेष्ठहरु प्रदर्शन गर्ने बताए। ‘वर्षौदेखि पाकिस्तानसँगको हाम्रो प्रतिस्पर्धा कडा भएको छ,’ उनले भने, ‘संसारभरको मानिसहरुको चासो पनि यस खेलमा हुन्छ। यसमा हामी आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नेछौं। हामी मानसिक रुपमा तयार छौं। अब मैदानमा गएर रणनीति कार्यान्वयनमात्रै गर्नुछ।’

न्यूजिल्याण्डविरुद्धको खेल वर्षाले रद्द भएपछि कोहलीले भने, ‘खेलाडीको नजर र अंकतालिकाको हिसाबले हेर्दा खेल खेल्न नपाउँनु निराशाजनक हो। तर, जब खेल्न लायक मैदान छैन् भने मैदानमा नउत्रिनु नै उचित हुन्छ। यो समयमा हामी कुनैपनि खेलाडीलाई चोट नलगोस भन्ने चाहान्छौं। हामी राम्रो क्रिकेट खेलिरहेका छौं त्यसकारण हामी अंकतालिकामा कहाँ छौं चिन्ता छैन्।’

भारतले पहिलो दुई खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियालाई पराजित गरेको थियो। बिहीबार तय न्यूजिल्याण्डविरुद्धको खेल भने वर्षाले रद्द भएपछि ५ अंक भएको भारत अंकतालिकामा तेस्रो स्थानमा छ।

दश टोली सहभागी विश्वकपमा सबैले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .