कीर्तिपुरमा जारी त्रिकोणात्मक टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। नेपालले आज सुशान भारीके स्थानमा अभिनास बोहरा टोलीमा फर्किएका छन्।
जारी सिरिजमा उत्कृष्ट प्रर्दशन गरिरहेको नेपाल पहिलो त्रिकोणात्मक सिरिज जित्ने दाउमा छ।
नेपाली राष्ट्रिय टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने नेदरल्यान्ड्सको कमानी पिटर शिलारले सम्हाल्नेछन्।
लिग चरणको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै सिरिजमा सानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा भने नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित हुन पुग्यो। अर्को टोली मलेसियालाई भने पहिलो खेलमा ९ विकेट तथा दोस्रो खेलमा ६९ रनले पराजित गरेको थियो।
प्रतिक्रिया