खेल


नेदरल्यान्डविरुद्ध दोस्रो ओभरमा नेपालले गुमायो पहिलो विकेट

नेदरल्यान्डविरुद्ध दोस्रो ओभरमा नेपालले गुमायो पहिलो विकेट

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ७:४७,

तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको छ।

नेपालका ओपनर आशिफ शेख शून्य रनमै आउट भएका हुन्।

नेदरल्यान्डका  भिभान किंग्माले दोस्रो ओभरको अन्तिम बलमा आशिफलाई आउट गरे। अहिले कप्तान ज्ञानेन्द्र क्रिजमा आएका छन्।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पहिलो ओभरको छैटौ बलमा आसिफ शेखलाई गुमाएको थियो।

सुरुवाती २ खेलमा उच्च प्रर्दशन गर्दै आएका शेख आजको खेलमा ठुलो सट खेल्ने धुनमा खातै नखोली पवेलियन फर्के। उनी किग्माको बलमा बेल कोपरको हातबाट क्याच आउट हुन पुगे।

नेपालले सुरुवाती ५ ओभरमा १ विकेट गुमाएर ४६ रन बनाएर खेलिरहेको छ। क्रिजमा ओपनर कुशल भुर्तेल ३१ र कप्तान ज्ञानेन्द्र मल्ल ८ रनमा नटआउट छन्।

नेपालले आजको खेलमा नेदरल्याण्ड्सलाई पराजित गरे एक् खेल अगावै फाइनल पुग्नेछ।

अहिले ४ ओभर खेलिरहँदा नेपालले १ विकेट गुमाएर ४२ रन जोडेको छ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad