ad ad

खेल


शानदार जितसँगै बार्साले उचाल्याे कोपा डेल रेको उपाधि

शानदार जितसँगै बार्साले उचाल्याे कोपा डेल रेको उपाधि

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ५:३४,

शनिबार राति भएको फाइनल खेलमा बार्साले एथ्लेटिक बिल्बाओमाथि ४–० को शानदार जित हात पारेको हो।

बार्साको जितमा लियोनल मेस्सीले दुई गोल गरेभने एन्टोनी ग्रिजम्यान र फ्र्यांकी डि योङले एक–एक गोल गरे।

अधिकाँश समय बार्साले नियन्त्रणमा लिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो।

खेलको ६० औं मिनटमा ग्रिजम्यानले सुरुवाती गोलगर्दा त्यसको तेस्रो मिनेटमै डि योङले दोस्रो गोल गरेका थिए।

May be an image of 23 people and people standing

त्यसपछि लगातार मेस्सीले खेलको ६८ औं र ७२ औं मिनेटमा गोलगर्दा बार्साले बिल्बाओमाथि सहजै जित निकाल्यो।

च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाको ध्यान अब ला लिगा उपाधिमा केन्द्रित हुनेछ।

ला लिगामा ३० औं चरणको खेल सम्पन्न भइसक्दा ६७ अंक भएको एथ्लेटिको मड्रिड लिगको शीर्ष स्थानमा छ।

६६ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ भने ६५ अंकसहित बार्सा तेस्रो स्थानमा छ। आठ खेल बाँकी रहँदा आगामी सबै खेलका नतिजा उपाधि जित्न र उपाधिबाट बन्चित बन्न निर्णायक मानिनेछन्।

May be an image of 18 people and text that says 'SEAT SEAT, beko net vo CO A DE REY'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .