कारोबार


विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

 विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ९:४३,

प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिकास्थित–११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

विशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको शुक्रबारदेखि कारोबार सुरु भएको हो। विशेष अदालत परिसरमा अदालतका न्यायाधीश प्रेमराज कार्कीले एक समारोहकाबीच उद्घाटन गरे।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाडौंमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको जनाएको छ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad