ad ad

खेल


त्रिदेशीय क्रिकेट शृंखलाः १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

त्रिदेशीय क्रिकेट शृंखलाः १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

नेपालखबर
बैशाख १, २०७८ बुधबार ७:५०,

नेपालसँगै नेदरल्याण्ड र मलेसिया सम्मिलित बजाज पल्सर ट्राई नेसन टी २० सिरिज (त्रिदेशीय क्रिकेट शृंखला)का लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार शृंखलाका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टोलीको घोषणा गरेको हो।

घोषित टोलीमा कप्तान मल्लसहित, उपकप्तान दिपेन्द्र सिंह ऐरि, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनास वोहोरा, आरिफ सेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरि र सुसन भारी छन्।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। खेल दिउँसो सवा १ बजे सुरु हुनेछ।

शृंखलाका लागि नेदरल्याण्ड र मलेसियाको टोली हिजो मगंलबार नै नेपाल आइसकेका छन्।

शृंखलाको पहिलो खेलमा नेपालले शनिबार नेदरल्याण्डसँग खेल्नेछ। दोस्रो खेलमा सोमबार मलेसियासँग, तेस्रो खेलमा नेदरल्याण्ड र चौथो खेलमा मलेसियासँग खेल्नेछ।

शृंखलाको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन्।

१ सय ४१ देशबाट प्रत्यक्ष प्रसारण हुने
यसैबीच त्रिकोणात्मक टि–२० शृंखलाको विश्वका १ सय ४१ देशबाट प्रत्यक्ष प्रसारण हुने भएको छ।

नेपाल क्रिकेट संघले विश्वब्यापी गर्दै १ सय ४१ देशबाट लाइभ हेर्न सकिने जनाएको छ। नेपालमा प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्नेछ।

भारतमा यूरोस्पोट्र्स, फ्यानकोड, बंगलादेशमा टि स्पोर्ट्स र अष्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान र श्रीलंका स्पोट्र्स फ्लिकबाट हेर्न सकिनेछ।

दक्षिण अफ्रिका सम्पूर्ण देशमा स्पोर्ट्स फ्लिकलेबाटनै हेर्न सकिनेछ। सेन्ट्रल यूरोप फ्रि स्पोर्ट्स, साउथ एण्ड सेन्ट्रल अमेरिका स्पोर्ट्स फ्लिक र साउथ इस्ट एसिया तय हुन बाँकी छ।

t20 series nmn1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .