ad ad

समाज


प्युठान दुर्घटना अपडेटः गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी

प्युठान दुर्घटना अपडेटः गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी

नेपालखबर
बैशाख १, २०७८ बुधबार ७:४१,

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वार्गद्वारी दर्शनमा गइरहेको गाडी प्युठानमा दुर्घटना हुँदा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले गम्भीर घाइतेलाई काठमाडौं लैजान गृह मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिइन्।

उनले भनिन्, ‘घाइतेलाई काठमाडौं पठाउन हेलिकप्टरका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको छ। घटनास्थलमा हाम्रो टोली पनि जाँदै छ।’

स्वर्गद्वारी नगरपालिका ३ रुमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा यात्रुवाहक लु१ज १६५५ नम्बरको जिप सडकबाट तल खसेको हो।

दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।

दुर्घटनामा सूर्य पन्थी, ईश्वरी भण्डारी र अर्का एक कर्मचारीको ज्यान गएको घटनास्थलमा रहेका प्रहरी नायब निरीक्षक बुद्धिप्रसाद रानाले नेपालखबरलाई जानकारी दिए।

एक जनाको उपचारका क्रममा र दुई जनाको घटनास्थलमै ज्यान गएको हो।

उक्त दुर्घटनामा परेका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरुमा श्याम न्यौपाने, कमला पन्थी, सूर्य पन्थी, यमलाल पन्थी, डिबी खड्का, ईश्वरी भण्डारी, गीता मुखिया, सुनीता कंडेल, सन्दीप परियार रहेका छन्।

याे पनि- 
जिल्ला प्रशासन गुल्मीका कर्मचारी सवार गाडी प्युठानमा दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .