ad ad

खेल


पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक बन्यो इन्नोभेट टेक

पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक बन्यो इन्नोभेट टेक

नेपालखबर
चैत ३०, २०७७ सोमबार ९:२७,

पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक आईएनजी ग्रुपअन्तर्गतको इन्नोभेट टेक बनेको छ।

एडप्याडसँगको साझेदारीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को क्लोथिङ रेगुलसनका आधारमा टी२० इन्टरनेशनल र एक दिवसीय अन्तर्राष्ट्रियका लागि चाहिने उपलब्ध सबै ब्रान्डिङ स्पोट्स प्रायोजनको सम्झौता भएको हो।

यो सम्झौता अर्को वर्ष मार्चसम्मका लागि हो। सम्झौतासँगै नेपालले खेल्ने सबै खेलमा खेलाडीहरुले इन्नोभेट टेकको फ्ल्यागशिप ब्रान्ड माइ सेकेन्ड टिचर अंकित जर्सी लाउनेछन्।

जर्सीमा आईएनजी ग्रुपको लोगो र इस्लिंग्टन कलेजको लोगो पनि अंकित हुनेछ। यो सम्झौता जनवरी २ देखि नै लागू भइसकेको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर समारोहमा उपस्थित हुन नपाए पनि इन्नोभेट टेकको प्रायोजनलाई स्वागत गरे । त्यस्तै एडप्याड तथा एएनएस ग्रुपका प्रमुख सुदिप थापाले एडप्याडले सधैँ लगानीकर्तालाई खेलकुदसँग जोड्न लागिपरेको बताए।

त्यस्तै माईसेकेन्ड टिचरका सहसंस्थापक तथा आईएनजी ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग जोडिन पाएकामा खुसी व्यक्त गरे।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले प्रायोजक कम्पनीहरुलाई धन्यवाद ज्ञापन गरे। उनले नेपाली क्रिकेटमा अझै लगानी बढोस् भन्ने आफूले चाहेको बताए। अहिले टोलीलाई इन्टरनेशनल म्याच एक्सपोजर चाहिएको महशुस भएको उनले बताए।

प्रायोजन रकमबारे भने केही खुलाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .