ad ad

खेल


एएफसी कप छनोटः त्रिभुवन आर्मी फुटबल क्लबको टोली भारत प्रस्थान

एएफसी कप छनोटः त्रिभुवन आर्मी फुटबल क्लबको टोली भारत प्रस्थान

नेपालखबर
चैत २९, २०७७ आइतबार ६:४२,

एएफसी कपको दक्षिण एसियाली छनोटअन्तर्गत प्ले अफ चरणको दोस्रो खेलका लागि त्रिभुवन आर्मी फुटबल क्लब आइतबार भारत प्रस्थान गरेको छ।

बैंगलुरु फुटबल क्लवसँगको खेलका लागि आर्मीको २७ सदस्यीय टोली आज त्यसतर्फ गएको हो।

आर्मी र बेंगलुरुबीचको खेल गोवास्थित जीएमसी रगंशालामा बुधबार हुनेछ।

त्यसअघि छनोटको पहिलो चरणको खेलमा आर्मी फुटबल क्लबले काठमाडौको दशरथ रगंशालामा श्रीलंका पुलिस स्पोर्टस् क्लबलाई ५–१ को फराकिलो अन्तरले हराएको थियो।

आर्मीको जितमा नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, टंक बहादुर बस्नेत र सुदिल राईले एक एक गोल गरेका थिए।

एएफसी कपमा आर्मीले समूह चरण पुग्न प्लेअफका तीन खेल जित्नुपर्ने हुन्छ। एएफसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समूह डीमा रहनेछ।

आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ। आर्मीले बेंगलुरुलाई जितेको खण्डमा अप्रिल २१ मा प्ले अफ फाइनल खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .