खेल


त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख

त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ९:३८,

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राससलाई जानकारी दिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो। नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका हुन्।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो। उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ।

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रंगशाला पुग्नुभएको थियो। नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad