खेल


नेपाल भर्सेस बंगलादेश: यस्तो छ हेड टू हेड

नेपाल भर्सेस बंगलादेश: यस्तो छ हेड टू हेड

नेपालखबर
चैत १४, २०७७ शनिबार ७:२,

त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज(शनिबार) बङ्गलादेशको सामना गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र बंगलादेशबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

प्रतियोगिताको फाइनलमा प्रवेशका लागि नेपालले बंगलादेशसँग बराबरी गरे पुग्छ। पराजित भएमा भने नेपाल अंक तालिकाको भर पर्नुपर्नेछ।

बङ्गलादेश भने यसअघि नै फाइनलमा पुगिसकेको छ। बिहीबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेपछि नेपालले फाइनल पुग्न कम्तिमा बराबरी खेल्नुपर्ने अवस्था बनेको हो।

नेपाल र बंगलादेश २१ पटक आमने सामने भएका छन। जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेलमात्रै जित्न सकेको छ। तीन खेलमा बराबरी भएको छ।

यी दुई देशबीचका पछिल्ला पाँच खेलमा दुई बंगलादेशले जितेको छ भने एक खेल नेपालले जितेको छ। दुई खेल बराबरीमा टुंग्गिएका छन।

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको अन्तिम खेल २०१३ को साफ च्याम्पियनसिपमा भएको थियो। त्यसबेला नेपालले बंगलादेशलाई २-० गोलअन्तरले पराजित गरेको थियो।

गत नोभेम्बरमा बंगलादेशसँग नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेल २-० ले पराजित भएपनि नेपालले दोस्रो खेलमा बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad