खेल


त्रिदेशीय प्रतियोगिता खेल्ने नेपाली फुटबल टोली घोषणा, को को परे?

त्रिदेशीय प्रतियोगिता खेल्ने नेपाली फुटबल टोली घोषणा, को को परे?

नेपालखबर
चैत ११, २०७७ बुधबार ८:४०,

गोलरक्षक किरण चेञ्जोङको कप्तानीमा त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने नेपाली टोली घोषणा भएको छ। 

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार टोलीको घोषणा गरेका हुन्। त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टोली खेलिरहेका छन्।

दशरथ रंगशालामा बिहीबार नेपालले किर्गिस्तानको सामना गर्दैछ। 

घोषित नेपाली टोलीको गोलरक्षकमा  चेञ्जोङसँगै विकेश कुथु, दीप कार्की छन्। 

यस्तै रक्षकमा रन्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ छन्। 

यस्तै मिडफिल्डरमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, अरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान र फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल र भरत खवास छन्।

खेल बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुन्छ। 

२ वर्षपछि विराज टोलीमा 

दुई वर्षपछि राष्ट्रिय टोलीका पूर्वकप्तान विराट महर्जन नेपाली टोलीमा फर्किएका छन्। 

अन्तिम पटक उनी २०१९ को जुनमा मलेसियाविरुद्ध भएको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा थिए। 

त्यसयता फिटनेसको समस्याका कारण उनी टोलीमा पर्न सकेका थिएनन। उनको स्थानमा टोलीको नेतृत्व किरण चेञ्जोङलाई दिइएको छ।

विराजले राष्ट्रिय टोलीबाट ७२ खेल खेलेका छन। २००८ को मार्चमा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट उनले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।

रक्षकको भूमिकामा रहने उनले एक गोल समेत गरेका छन्। २००९ मार्चमा भएको एएफसी च्यालेन्जकपमा किर्गिस्तानविरुद्ध उनले गोल गरेका थिए। 

उनले २०१५ को डिसेम्बरमा भएको साफ च्याम्पियनसिपमा पहिलोपल्ट नेपाली टोलीको नेतृत्व गरेका थिए। 

त्यसयता विराजले १८ खेलमा नेपाली टोलीको नेतृत्व गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad