समाज


रातो हाब्रेको छालासहित तीन पक्राउ

रातो हाब्रेको छालासहित तीन पक्राउ

नेपालखबर
चैत ११, २०७७ बुधबार ८:३३,

रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन्।

सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महाकुलुङ–२ का ७६ वर्र्षीय जगत्बहादुर राई, ३ का ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ। उनीहरुलाई आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र गैरकानूनी रुपमा वन्यजन्तुको चोरी शिकार गरी मार्ने, आखेटोपहार लुकाइछिपाई राखी खरीदबिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाका आधारमा तिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कवित कटुवालले जानकारी दिए।

अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएका तीनै जनालाई कानूनी कारवाहीका निम्ति राष्ट्रिय निकुञ्ज पठाइने बताइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (२६) को १ अनुसार निजहरुलाई रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने कानूनी प्रावधान छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad