त्रिदेशीय फुटबल प्रतियोगितामा बंगलादेशले विजयी सुरुवात गरेको छ।
दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
बंगलादेशले उपहारमा निर्णायक गोल पाएको थियो। ३० औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनले गरेको क्रस किर्गिस्तानका डिफेन्डर कुमारवज अलु बइमानलाई लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो।
थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू–२३ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिता अन्तर्गत बुधबार नेपाल र किर्गिस्तान भिड्दैछन्।
प्रतिक्रिया