खेल


चर्चित गोलरक्षक न्युअरको नजरमा मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट?

चर्चित गोलरक्षक न्युअरको नजरमा मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट?

नेपालखबर
चैत ९, २०७७ सोमबार १०:५१,

उनीहरुमध्ये को उत्कृष्ट भन्ने विवाद अझै सम्पन्न भएको देखिँदैन।

उमेर बढ्दा पनि आफ्नो प्रदर्शनलाई खस्कन नदिने र आफ्नो टोलीलाई जित दिलाउनसक्ने क्षमता भएकै कारण वर्तमान फुटबलका दुई सबैभन्दा चर्चित नाम हुन् मेस्सी र रोनाल्डो।

हालै वर्तमान समयका विश्वकै सबैभन्दा स्टार गोलरक्षक जर्मनीका म्यानुअल न्युअरले पनि मेस्सी र रोनाल्डो को उत्कृष्ट भन्ने प्रश्नमा आफ्नो धारणा राखेका छन्।

न्युअरले सहजै आफूलाई मेस्सी उत्कृष्ट लाग्ने जवाफ दिएको इएसपीएन युकेले जनाएको छ।

इएसपीएन युके युट्युब च्यानलको कार्यक्रममा ३४ वर्षका न्युअरले मेस्सी रोनाल्डोभन्दा राम्रो लाग्ने बताएका हुन्।

मेस्सीको खेल्ने शैली आफूलाई मनपर्ने न्युअरको भनाइ छ। 

न्युअर फुटबल क्लब बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्छन्। उनले रोनाल्डो र मेस्सीसँग धेरैपटक विपक्षी भएर खेलिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad