चैत १० देखि काठमाडौंको दशरथ रंगशालामा हुनलागेको फुटबल प्रतियोगिताबारे अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन गरी बिहीबार जानकारी दिएको छ।
एन्फाका अनुसार प्रतियोगिताको तयार ९० प्रतिशत सकिइसकेको छ।
उक्त प्रतियोगिता चैत १६ गते सकिनेछ।
प्रतियोगिता सञ्चालन गर्न चार भारतीय रेफ्रीहरु आउने भएका छन्। तीमध्ये दुई रेफ्री र दुई जना सहायक रेफ्री रहनेछन्।
नेपालका पनि २ मुख्य र २ सहायक गरी चार जना रेफ्री रहनेछन्।
फिफा वरीयतामा नेपाल १७१औँ, बंगलादेश १८६औँ र किर्गिस्तान ९६औँ स्थानमा छ।
प्रतियोगिताका लागि बंगलादेशबाट ३० खेलाडी र १० अफिसियलसहित ४० जनाको टोली आउनेछ। उनीहरु आजै साँझसम्म त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन बंगलादेश फुटबल संघका अध्यष काजी सलाहुद्दिन मार्च २२ मा आउने कार्यक्रम छ।
यस्तै किर्गिस्तानले भने ओलम्पिक टोलीका २२ खेलाडी र २० अफिसियल सम्मिलित ३२ जनाको टोली माच २१ (चैत ८) गते आउने भएको छ।
सबै खेलाडी र अफिसियललाई सोल्टी होटलमा राखिनेछ।
प्रतियोगिताको लागि १५ हजार क्षमता रहेको रंगशालामा १२ हजार टिकट बेचिने तथा सामाजिक दूरी कायम गरिने जनाइएको छ।
प्रतियोगिताको आधिकारिक टिकेटिङ पार्टनर बनाइएको छ। टिकट साधारणतर्फ ७ सय रुपैयाँ र भीआईपीतर्फ १५ सय रुपैयाँ तोकिएको छ। यसअन्तर्गत ७ सय दरको १० हजार ५ सय टिकट तथा १५ सय पर्ने १५ सयवटा टिकट बिक्री गरिनेछ।
प्रतियोगिता अवधिभर कुल खर्च १ करोडको हाराहारीमा हुने अनुमान छ। त्यस्तै डेढ करोड कमाउने लक्ष्य राखिएको छ।
प्रतियोगिताको टिभी राइट्स र टाइटल स्पोन्सर भने १/२ दिनमा सार्वजनिक गरिनेछ।
प्रतियोगितामा भारतमा फुटबल खेलिरहेका किरण चेमजोङ र अभिषेक रिजालले पनि सहभागिता जनाउने निश्चित भएको छ।
नेपाली टोलीमा ३३ खेलाडी र ९ अफिसियल गरी ४२ जना सहभागी हुनेछन्।
प्रतियोगिता जित्ने टोलीले ५ हजार अमेरिकी डलर, दोस्रो हुनेले ३ हजार डलर पाउनेछ।
मोस्ट भ्यालुएबल प्लेयरलाई ५ सय डलर र म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतिक्रिया