खेल


रुपन्देही सुपरलिग : वेष्टर्न फाइनलमा

रुपन्देही सुपरलिग : वेष्टर्न फाइनलमा

प्रकाश न्यौपाने
फागुन २७, २०७७ बिहिबार १०:४१,

अघिल्लो वर्षको विजेता लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई पराजित गर्दै भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा वेष्टर्न क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ।

बिहीबार सेमिफाइनलमा वेष्टर्नले खुकुरीलाई ५ रनले पराजित गरेको हो। वेष्टर्नले २९ गते शनिबार फाइनलमा न्यू होराइजन क्रिकेट क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरमध्ये ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो। उसका लागि राहुल कुमारले ९२ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ८२ रन बनाए।

यस्तै भुवन पाण्डे र एकेन्द्र कुँवरले ११-११ रन बनाए। बलिङमा खुकुरीका अजयकुमार लोनियाले ४, दुर्गेश गुप्ताले ३, श्रीकान्त केवटले २ र शैलेष श्रीवास्तवले १ विकेट लिए।

जवाफी व्याटिङ गरेको खुकुरीले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन मात्रै बनायो। उसका लागि निश्चल चौधरीले ३३, प्रज्वल थापाले १३, शैलेश श्रीवास्तव र सजाद आलमले ११-र११ तथा दुर्गेश गुप्ताले नटआउट १० रन बनाए।

बलिङमा वेष्टर्नका अभिषेक गौतमले १० ओभरमा ३ मेर्डन राख्दै २७ रन खर्चेर ६ विकेट लिए। उनी म्यान अफ द म्याच भए। यस्तै, हरिजत सिंह, विवेक पराजुली, एकेन्द्र कुँवर र देव खनालले समान १र१ विकेट लिए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।

यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५-५ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad