ad ad

खेल


मेयर्स कपमा काठमाडौंले दियो वाग्मतीलाई २४५ रनको लक्ष्य

मेयर्स कपमा काठमाडौंले दियो वाग्मतीलाई २४५ रनको लक्ष्य

नेपालखबर
फागुन २३, २०७७ आइतबार ८:३,

मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौ मेयर्स ११ ले वाग्मती प्रदेशसामु २ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइतबार मूलपानी क्रिकेट मैदानमा बागमति प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौं मेयर्स ११ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४४ रनको योगफल तयार पारेको हो।

काठमाडौका सौरभ खनाल ४९ रनमा नटआउट रहे। कप्तान सन्दीप लामिछानेले ४२ रनको योगदान दिए। २० बलको सामना गरेका सन्दीपले ६ छक्का हाने। सिद्धान्त लोहनीले ३४, सन्दीप रजालीले ३३ र विपिन खत्रीले ३२ रन जोडे।

वाग्मती प्रदेशका नन्दन यादव एक्लैलै ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ४१ रन दिए। रामनरेश गिरी र अरियो पौडेलले समान २ तथा दिपेश श्रेष्ठले एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .