ad ad

खेल


रुपन्देही सुपरलिग : न्यू होराइजन विजयी

रुपन्देही सुपरलिग : न्यू होराइजन विजयी

प्रकाश न्यौपाने
फागुन १९, २०७७ बुधबार १०:१०,

न्यू होराइजन क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘ए’को खेलमा तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएकोे तिरुपतिले निर्धारित ४४ ओभरको खेलमा २८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो। उसका लागि विपिन न्यौपानेले २०, मनोज पुनले १५ सिमान्त शाहीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

बलिङमा न्यू होराइजनका पुरुषोत्तमा भट्टराईले ८.३ ओभरमा ३५ रन खर्चेर ५ विकेट लिन सफल भए। उनी म्यान अफ द म्याच समेत भए। यस्तै, तुलबहादुर थापाले २ तथा गोविन्द केसी, सुमित पराजुली र राहुल प्रजापतीले समान १-१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको न्यू होराइजनले २३.१ ओभरमा ३ विकेटको क्षतिमा ८४ रन बनाउँदै सहजै लक्ष्य पूरा गर्यो। उसका लागि मनिष थापाले २८, अमर मिश्राले १८ र विशाल खत्रीले नटआउट १४ रनको योगदान गरे। बलिङमा तिरुपतिका वसिर अहम्मद, प्रदीप जैसवाल र विपिन न्यौपानेले समान १-१ विकेट लिए।

बिहीबार डिभिजन ‘ए’ का देवदह क्रिकेट युनिट र वेष्टर्न क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।

यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ। नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .