ad ad

समाज


अमेरिकाका वैज्ञानिकले बताए आयु बढाउने उपाय

अमेरिकाका वैज्ञानिकले बताए आयु बढाउने उपाय

नेपालखबर
फागुन १९, २०७७ बुधबार १०:५,

अमेरिकाका वैज्ञानिकले लामो आयुको रहस्य बताएका छन्।

उनीहरूका अनुसार तपाईं आयु लामो बनाउन चाहनुहुन्छ भने दैनिक १६० ग्राम फलफूल तथा २४० ग्राम सागसब्जी खानामा सामेल गर्नुस्। हप्तामा ५ दिनसम्म यस्तो तालिका पालना गर्नुस्, प्रभाव देखिन्छ।

विश्वका २० लाख मानिसमा गरिएको अध्ययनले के पुष्टि गर्‍याे भने जसले खानामा यस्तो परिवर्तन गरे उनीहरूमा मृत्युको जोखिमसमेत कम भएको पाइयो। अनुसन्धान भन्छ : फलफूल–सब्जी सेवनले आयु लम्ब्याउनाका साथै मुटुसम्बन्धी तथा क्यान्सरजस्ता रोगको खतरासमेत कम गराउँछ।

आलु, मकैजस्ता स्टार्चवाला वस्तु नखानुहोस्
अमेरिक हर्ट एसोसिएसनका प्रमुख पत्रिका सर्कुलेसनमा प्रकाशित अनुसन्धान प्रतिवेदन भन्छ : केही यस्ता तरकारी पनि छन्, जुन स्वास्थ्यका लागि धेरै लाभदायक छैनन्, जस्तो : आलु, मकै। यिनमा स्टार्चको मात्रा धेरै हुन्छ।

बितेका २० वर्षमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सल्लाहबमोजिम बेलायतको हेल्थ एजेन्सी नेसनल हेल्थ सर्भिसेजले मानिसलाई स्वस्थ रहन यही सन्देश दिइरहेको छ : खानामा फल–तरकारी समावेश गर र चिनी–बोसो कम गर।

हरेक १० जनामा एकले फल–सब्जी खान्छन्
अमेरिकी हेल्थ एजेन्सी सीडीसीले भनेको छ : अमेरिकामा हरेक १० जनामा एक व्यक्तिले पर्याप्त फलफूल र तरकारी खाने गरेका छन्। यस्तै बेलायतमा मात्र १७ प्रतिशत मानिसले यस्तो खाना खाने गर्छन्। वैज्ञानिकले भनेका छन् : स्वस्थ खाना खाने मानिस थोरै छन्। रोग घटाउने र आयु लम्ब्याउने हो भने खानामा फल–सागसब्जीको मात्रा बढाउन जरुरी छ।

खानामा यी चिज सामेल गर्नुस्
अनुसन्धानअनुसार खानामा पालुंगो, बेथे र पत्तावाला सब्जी र गाँजर समावेश गर्नुपर्छ। साथै भिटामिन सी प्राप्त हुने सुन्तला, मौसमजस्ता फलफूल बढी खानुपर्छ। वैज्ञानिक भन्छन् : यिनको जुस खानुभन्दा सीधै फल खाने गर्दा फाइबरको कमी पनि पूरा हुन्छ। जुस खाँदा रगतमा चिनीको मात्र बढ्न पनि सक्छ, त्यसैले फलै खानु राम्रो हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .