ad ad

खेल


आई लिगमा नेरोका एफसीसँग प्रतिस्पर्धा गर्दै किरण चेम्जोङको टोली

आई लिगमा नेरोका एफसीसँग प्रतिस्पर्धा गर्दै किरण चेम्जोङको टोली

नेपालखबर
फागुन १७, २०७७ सोमबार १२:०,

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित राउण्ड ग्लास पञ्जाव एफसीले भारतमा जारी आई लिगमा सोमबार नेरोका एफसीसँग प्रतिस्पर्धा गर्दै छ।

खेल पश्चिम बंगालको कल्याणी स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ।

पञ्जाव आजको खेलमा जित निकाल्दै दोस्रो स्थानमा उक्लने योजनामा छ। लिगका ९ खेलमा ४ मा जित, २ मा हार र ३ मा बराबरी गरेको पञ्जाव १५ अंकमा तालिकाको छैटौं स्थानमा छ।

समान खेल खेलेको नेरोका एफसी भने ८ अंकमा पुछारबाट दोस्रो स्थानमा छ। ९ खेल खेलेको नेरोका २ मा जित, २ मा बराबरी र ५ खेलमा हार भोगेको छ।

आजै भएको पहिलो खेलमा गोकुलम केरला एफसीलाई ३–२ गोलले पराजित गर्दै चर्चिल ब्रदर्श एफसी गोवा शीर्ष स्थानमा उक्लिएको छ।

१० खेल खेलेबाट अपराजित चर्चिल ६ मा जित, ४ मा बराबरी गर्दै २२ अंक जोडेको छ। पराजित गोकुलम एफसी भने १६ अंकमा चौथो स्थानमा छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .