खेल


स्टेडियमको नाम नरेन्द्र मोदी राखेपछि उत्पन्न विवादमा भारत सरकारले दियो स्पष्टिकरण

स्टेडियमको नाम नरेन्द्र मोदी राखेपछि उत्पन्न विवादमा भारत सरकारले दियो स्पष्टिकरण

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ९:४२,

अहमदावाद मोटेरा स्टेडियमको नाम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामबाट राखिएपछि सुरु भएको विवादमा केन्द्र सरकारले स्पष्टिकरण दिएको छ।

केन्द्र सरकारले सो स्पोर्टस् कम्प्लेसको नाम अहिले पनि सरदार पटेलको नाममा रहेकोे प्रष्ट पारेको हो। संघीय मन्त्री प्रकार जावडेकरले भने, ‘मोटेरा स्टेडियमको एक हिस्साको नाम मात्र प्रधानमन्त्री मोदीको नाममा राखिएको हो।’

बुधबार भारत र इल्याण्डबीचको तेस्रो टेष्ट सिरिज अघि भारतीय राष्ट्रपति रामनाथ कोविदले स्टेडियमको उद्घाटन गरेपछि मात्रै नरेन्द्र मोदी स्टेडियम नाम राखेको थाहा भएको थियो। त्यो समयमा त्यहाँ उपस्थित भएकाहरुले कानेखुसी समेत गरेका थिए।

तर संघीय मन्त्री जावडेकरले पत्रकारसँग भने, मोटेरा स्टेडियमको नाम मात्र बदलिएको हो। कम्प्लेक्सको नाम अहिले पनि सरदार पटेलकै नाममा रहेको छ।

मोटेराको नव निर्मित स्टेडियममा पहिलो अन्तर्राष्ट्रिय खेल पनि भइरहेको छ। सो समयमा राष्ट्रपति रामनाथ कोविद, गृहमन्त्री अमित शाह लगायत उपस्थित थिए। सो समयमा १ हजार टेष्ट खेलिरहेका ईशान्त शर्मालाई राष्ट्रपतिले विशेष चिन्ह र गृहमन्त्री शहले विशेष क्याप दिएका थिए।

भारतमा दोस्रो पटक भएको डे–नाईट टेष्ट यही स्टेडियममा भइरहेको छ। यसअघि कोलकतामा पहिलो डे–नाईट टेष्ट भएको थियो। सो स्टेडियममा जारी सिरिजमा भारतले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। एक लाख क्षमता भएको सो स्टेडियममा ५० हजार दर्शकलाई मात्रै प्रवेश अनुमति दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad