खेल


अस्ट्रेलियाविरुद्ध टी२० क्रिकेट शृंखलामा न्युजिल्यान्डले लियो २–० को अग्रता

अस्ट्रेलियाविरुद्ध टी२० क्रिकेट शृंखलामा न्युजिल्यान्डले लियो २–० को अग्रता

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ७:१०,

घरेलु टोली न्युजिल्याण्डले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टि–२० आई सिरिजमा २–० ले अग्रता बनाएको छ।

बिहिबार भएको खेलमा न्युजिल्याण्डले पाहुना टोली अष्ट्रेलियालाई ४ रनले पराजित गर्दै सिरिजमा अग्रता कायम गरेको हो। पहिलो खेलमा न्युजिल्यान्ड ५३ रनले विजयी भएको थियो।

न्युजिल्याण्डले दिएको २ सय २० रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १५ रन मात्र जोड्न सक्यो।

अन्तिम ओभरमा १५ रन आवश्यक रहेको समयमा अलराउन्डर जेम्श निशमले १० रन खर्चिदै २ विकेट लिएपछि अष्ट्रेलियको सिरिज बराबरीमा ल्याउने सम्भावना सकिएको थियो।

अस्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिसले ७८ रनको उत्कृष्ट इनिङ् खेलेपनि टोलीको हार भने टार्न सकेनन्। उनले ३७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। साम्सले १५ बलमा २ चौका र ४ छक्का सहित ४१ रनको योगदान दिए।

एक समय १३ ओभरमा ११३–६ को कमजोर अवस्थामा पुगेको अस्ट्रेलियालाई सातौं विकेटका लागि साम्स र स्टोइनिसले ९२ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीको इनिङ्स सम्हालेका थिए।

जोश फिलिपेले ४५ रनको योगदान दिए। अगर र मार्शले खातै खोल्न सकेनन्। ओपनर म्याथ्यु वेड २४ रनमा क्याच आउट भए। आरोन फिन्च १२ र ग्लेन म्याक्सवेल ३ रनमा पवेलियन फर्के। न्युजिल्यान्डका मिचेल सान्टनारले ४ तथा जेम्श निशमले २ विकेट लिए।

ईश सोधी र टिम साउथीको नाममा एक एक विकेट रह्यो।

त्यसअघि युनिभर्सिटी ओभल डुनेडिनमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १९ रनको योगफल तयार पारेको थियो। न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९७ रनको योगदान दिए।

गुप्टिलले ५० बलमा ६ चौका र ८ छक्का प्रहार गरे। अर्का ओपनर टिम सिफर्ट चौथो ओभरको पहिलो बलमै ३ रनमा क्याच आउट भए।

दोस्रो विकेटका लागि विलियम्सन र गुप्टिलले १ सय ३१ रनको उत्कृष्ट साझेदारी गरे। विलियम्सनले ३५ बलमा ३ छक्का र २ चौका सहित ५३ रन थपे। जेम्स निशम ४५ रनमा नटआउट रहे। ग्लेन फिलिप्स ८, देभन कन्वे २, टिम साउथी ६ र मिचेल सान्टनार शून्यमा आउट भए।

केन रिचर्डसनले ३ विकेट लिए। झेय रिचर्डसन, एडम जाम्पा र ड्यानियल साम्सले १–१ विकेट झारे।

तेस्रो खेल मार्च ३ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad