प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
शुक्रबार रञ्जीत तामाङ नेतृत्वको अनेरास्ववियूले शुक्रबार प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचारको विरोधमा चौथो चरणको आन्दोलनको घोषणा गरेको हो।
यसअघि बयलगाडा प्रदर्शन, सिटी जुलुस, धर्ना, सडक कविता लगायतका कार्यक्रम गरेको अनेरास्ववियूले चौथो चरणको कार्यक्रममा प्रतिगमनलाई जुत्ता हुन्ने, त्रिवि घेराउ गर्ने, बालुवाटारमा शंख जुलुस निकाल्ने, सभामुखलाई संसद सुचारु गर्न आग्रह गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो।
त्यस्तै प्रतिगमन, महँगी र भष्ट्रचारविरुद्ध सिंहदरबारअघि र देशभरका सीडीयो कार्यालय अगाडि थाल ठटाउनेदेखि प्रतिगमनविरुद्ध मार्चपास गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो।
यस्ता छन् चौथो चरणका संघर्षका कार्यक्रमहरु
१, ०७७ फागुन ६ गते
–पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध बिहान देशभरका कलेज अगाडि विरोध प्रदर्शन।
– दिउँसो १ बजे आयल निगम घेराऊसहित ज्ञापनपत्र बुझाउने।
–अपरान्ह ३.३० बजे टुँडिखेल वरिपरि मानव साङ्लो।
२, ०७७ फागुन ७ गते ११ बजे विश्वविद्यालय व्यवस्थापन, अनुदान र छात्रवृत्तिमा भएको अपारदर्शिता र अनियमितताविरुद्ध विश्वविद्यालय अनुदान आयोग कार्यलयमा धर्ना र ज्ञापनपत्र।
३, ०७७ फागुन ८ गते १ बजे –अनेरास्ववियूका पूर्व अध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा श्रद्धाञ्जली सभा , स्थान आरआर क्याम्पस
४, ०७७ फागुन १० गते २ बजे –प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम।
५, ०७७ फागुन ११ गते ११ बजे – त्रिवि घेराउसहित मागपत्र पेश गर्ने।
६, ०७७ फागुन १३ गते १ बजे –सम्माननीय सभामुखलाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने।
७, ०७७ फागुन १४ गते –प्रतिगमनविरुद्ध मार्चपास।
८, ०७७ फागुन १६ गते ११ बजे –प्रतिगमन, महँगी र भष्ट्रचारविरुद्ध सिंहदरबार अघि थाल ठटाउने जुलुस। उपत्यका बाहिर सीडीयो कार्यालय अगाडि।
९, ०७७ फागुन १८ गते १ बजे –प्रतिगमनका विरुद्ध शंख जुलुससहित बालुवटार घेराउ। उपत्यका बाहिर सीडीयो कार्यालय अगाडि।

प्रतिक्रिया