ad ad

खेल


आईपीएलको अक्सन आज, सन्दीपको सम्भावना कति?

आईपीएलको अक्सन आज, सन्दीपको सम्भावना कति?

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ४:२२,

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को अक्सन आज (बिहिबार) भारतको चेन्नईमा हुँदैछ।

कुल २ सय ९२ खेलाडी किनबेच हुने अक्सन दिउँसो सवा ३ बजेदेखि सुरु हुने छ। अक्सनमा १ सय ६४ भारतीय र ३ एशोसियट देशका खेलाडीसहित १ सय २५ विदेशी खेलाडी छन्। अक्सनमा २२ विदेशी सहित ६१ खेलाडी बिक्ने छन्न्। तीन वर्षको अन्तरमा आईपीएलमा मेगा अक्सन हुने गर्छ।

तर यो पटक कोरोना महामारीका कारण मिनी अक्सन हुन लागेको हो। सन् २०२२ मा मेगा अक्सन हुनुको साथै फ्रेन्चाइज टोली १० पुग्नेछ। मिनी अक्सन अघि किंग्स इलेभेन पन्जाबले आफ्नो नाम र लोगो परिवर्तन गर्दै पन्जाब किंग्स राखेको छ।

अक्सनमा ८ फ्रेन्चाइज टोलीले खर्चने रकम
आईपीएलमा सहभागी ८ फ्रेन्चाइज टोलीले १ सय ९६ करोड ६० लाख भारतिय रुपैयाँँ अक्सनमा खर्चने छन्। अक्सनमा पन्जाबले सर्वाधिक ५३ करोड २० लाख भारु खर्च गर्न पाउने छ। पन्जाबमा पाँच विदेशी र ४ भारतीय खेलाडीको कोटा छ।

बेंगलोरले अक्सनमा खर्च गर्न पाउने बाँकी रकम ३५ करोड ९० लाख भारु छ। बेंगलोरमा ४ विदेशीसहित कुल १३ खेलाडीको कोटा बाँकी छ। दिल्लीले अक्सनमा १२ करोड खर्च गर्न पाउने बाँकी रकम छ। दुई विदेशी सहित कुल ६ खेलाडीको कोटा बाँकी छ।

२२ करोड ९० लाख भारु भएको चेन्नई सुपर किंग्सले एक विदेशी खेलाडीसहित ७ खेलाडी टोलीमा नयाँ थप्न सक्ने छन्।

कोलकाता नाइट राइडर्ससँग १० करोड ७५ लाख भारु छ। कोलकतामा २ विदेशीसँग कुल ८ खेलाडी टोलीको कोटा खाली छ। मुम्बईसँग १५ करोड ३५ लाख भारु छ। मुम्बईको कोटामा ४ विदेशी र तीन भारतीय गरि कुल ७ खेलाडी कोटा खाली छ।

सनराइजर्स हैदराबादको खाली कोटा एक विदेशी खेलाडी सहित ३ जना छन्। हैदराबादसँग १० करोड ७५ लाख भारु मात्र बाँकी छ। राजस्थान रोयल्ससँग ३४ करोड ८५ लाख भारु छ। तीन विदेशी गरी कुल ८ खेलाडीको कोटा बाँकी छ।

सर्वाधिक महंगा खेलाडी
आईपीएल मिनी अक्सनमा १० खेलाडीले सर्वाधि न्यूनतम मूल्य तोकेका छन्। अष्ट्रेलिया शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ, आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल, बंगलादेशका स्पिन अलराउन्डर सकिब अल हसन, इंग्ल्यान्डका स्पिनर मोईन अली, विकेटकिपर साम विलिंग्स, तीव्र गतिका बलर लियाम प्लेन्केट, जेसन रोय, मार्क वुड, भारतीय स्पिनर हरभजन सिंह र केदार जाधवले आफ्नो मुल्य न्युनतम २ करोड भारतीय रुपैयाँ न्यूनतम मूल्य तोकेका छन्।

सन्दीपको सम्भावना
नेपाली लेग स्पिनर सन्दीप लामिछाने दोस्रो पटक आइपीएल अक्सनमा सहभागी हुँदैछन्। दिल्लीसँगको ३ वर्षे यात्रा सकिएसँगै सन्दीपमाथि पुनः बोली लाग्ने भएकाले नेपाली समर्थकको ध्यान उनीमाथि हुनेछ।

सन्दीपले यो पटक आफ्नो न्यूनतम मूल्य ४० लाख भारु तोकेका छन्। आईपीएलमा स्पिनरको कोटा खाली हेर्दा मुम्बई र पन्जाबमा सन्दीपको झिनो सम्भावना देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .