ad ad

राजनीति


हजारबिघामा आज नेता वाग्लेको श्रद्धाञ्जली सभा, प्रचण्ड-नेपालले सम्बोधन गर्ने

हजारबिघामा आज नेता वाग्लेको श्रद्धाञ्जली सभा, प्रचण्ड-नेपालले सम्बोधन गर्ने

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ३:३८,

नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा सहभागी हुन अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल आज सर्लाही आउँदै छन्।

बिहीबार दिउँसो १२ बजे नेकपा जिल्ला कमिटी सर्लाहीले हरिपुर- १ हजारविघामा नेता वाग्लेको श्रद्धाञ्जली सभा गर्न लागेको हो। नेता वाग्लेको घर नजिकै अवस्थित रामऔतार रामलखिया माविमा श्रद्धाञ्जली सभाको तयारी गरिएको नेकपाले जनाएको छ।

श्रद्धाञ्जली सभामा सहभागी हुन अध्यक्ष नेपाल हिजै रौतहट आइसकेका छन्। अध्यक्ष प्रचण्ड र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने बिहान ११ बजे सर्लाही आइपुग्ने पार्टीका केन्द्रीय सदस्य अच्युतम काफ्लेले जानकारी दिए।

सभामा अध्यक्षद्वय प्रचण्ड र नेपालसँगै प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु गिरीराजमणी पोखरेल, लीलामणी पोखरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

गएको माघ २१ गते राति सर्लाहीको बरहथवा ९ मुर्तिया जंगलमा नेता वाग्लेको शव फेला परेको थियो। मोटरसाइकल दुर्घटनामा वाग्लेको मृत्यु भएको दावी प्रहरीले गर्दै आएको छ। तर, वाग्लेका परिवारका सदस्य र आन्दोलनरत नेकपाले भने वाग्लेको मृत्युलाई सन्देहपूर्ण भन्दै आएको छ।

दुर्घटनाको आवरणमा वाग्लेको हत्या भएको आशंकासहित नेकपाले नेता प्रल्हाद बुढाथोकीको संयोजकत्वमा छानविन समितिसमेत गठन गरेको छ।

छानविन समितिका संयोजक बुढाथोकी पनि हाल सर्लाहीमै छन्। नेता वाग्लेको सन्देहपूर्ण मृत्युको छानविन सुरु भइसकेको बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .