ad ad

खेल


राष्ट्रिय महिला लिग : आज एपीएफ–पुलिस, वालिङ–विराटनगर भिड्दै

राष्ट्रिय महिला लिग : आज  एपीएफ–पुलिस, वालिङ–विराटनगर भिड्दै

नेपालखबर
फागुन ३, २०७७ सोमबार ५:३८,

राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज (सोमबार) दुई खेल हुँदै छन्। दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा हुनेछन्।

पहिलो खेलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। खेल मध्याह्न १२ बजे सुरु हुनेछ।

लिगमा अपराजित नेपाल एपीएफ क्लब पुलिस क्लबलाई हराउँदै २ खेलअगावै लिगको उपाधि जित्न चाहन्छ। लिगको शीर्ष स्थानमा रहेको एपीएफको ९ खेलबाट २७ अंक छ।

दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबको २५ अंक छ। आर्मीले एपीएफले भन्दा एक खेल बढी खेलेको छ। आर्मीले ८ खेलमा जित, १ मा बराबरी गर्दा १ खेलमा हार भोगेको छ।

यता नेपाल पुलिस क्लब भने एपीएफको अपराजित यात्रा रोक्ने दाउमा छ। उपाधि होडबाट बाहिरिसकेको पुलिस तेस्रो स्थानको लागि संघर्षरत छ। ९ खेलबाट १४ अंक जोडेको पुलिस क्लब तालिकाको चौथो स्थानमा छ।

आजै हुने दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। खेल सोही मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।

लिगको तेस्रो स्थानमा रहन वालिङले जित्न जरुरी छ। विराटनगरलाई पराजित गरे वालिङ अंक सुधार गर्दै तेस्रो स्थानमा यथावत् रहनेछ।

लिगमा ९ खेल खेलेको वालिङ १४ अंकमा तालिकाको तेस्रो स्थानमा छ। एक खेल बढी खेलेको विराटनगर १० खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा छ। यता विराटनगर, वालिङलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लन चाहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .