राष्ट्रिय महिला लिगको दोस्रो लेगको खेल तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार दोस्रो लेगको तालिका सार्वजनिक गरेको हो।
दोस्रो लेगको पहिलो खेलमा पर्सि शनिबार त्रिभुवन आर्मी फुटबल क्लव र चौदण्डीगढी नगरपालिका उदयपुर खेल्नेछन्। पर्सि एक खेल मात्र हुनेछ। खेल, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे हुनेछ।
लिगको पहिलो चरणमा आर्मी फुटबल क्लवले चौदण्डीगढीलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो।
आर्मी फुटबल क्लब १३ अंकमा तालिकाको दोस्रो स्थानमा छ। अंकविहीन चौदण्डीगढी तालिकाको पुछारमा छ।
आगामी आइतबार पहिलो खेलमा विराटनगर नगरपालिका मोरङ र चन्द्रपुर नगरपािलका रौतहत खेल्नेछन्। सोही दिन दिउँसो नेपाल पुलिस क्लव र वालिङ नगरपलिका स्याङजा खेल्नेछन्।


प्रतिक्रिया