राजनीति


संवैधानिक आयोगका ३४ पदाधिकारीले लिए शपथ, दुईको योग्यता पुगेन, दुईले गरे अस्वीकार

संवैधानिक आयोगका ३४ पदाधिकारीले लिए शपथ, दुईको योग्यता पुगेन, दुईले गरे अस्वीकार

नेपालखबर
माघ २१, २०७७ बुधबार ६:६,

लामो विवादबीच संवैधानिक आयोगका ३४ जना पदाधिकारीलाई शपथग्रहण गराइएको छ।

बुधबार बिहान राष्ट्रपतिनिवासमा आयोजित एक समारोहबीच संवैधानिक आयोगका ५ जना अध्यक्ष र २७ जना पदाधिकारी शपथग्रहण गराइएको हो।

५ जना अध्यक्षलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले र पदाधिकारिहरुलाई २७ पदाधिकारीहरुलाई अध्यक्षहरुले शपथग्रहण गराएका हुन्। त्यस्तै थारु आयोगमा सिफारिस भएका दुई पदाधिकारीले भने आयोगको कार्यालयमै शपथ लिएका थिए।

मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगमा ३८ जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस भएका मध्ये पर्शुराम रम्तेल र रामकृष्ण तिमल्सेनाले यसअघि नै पद अस्वीकार गरेका थिए। थारु आयोगमा नियुक्ति सिफारिस भएका पदाधिकारीको योग्यता नपुगेका कारण २ जनाको शपथग्रहण हुन नसकेको बताइएको छ।

यसअघि आइतबार सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाई समिति नभएको भन्दै सिफारिस नामहरु त्यसै फिर्ता गरि दिएका थिए।

सिफारिस प्रक्रियाप्रति असन्तुष्ट रहेका उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख सापकोटाले बुधबार बिहान भएको शपथग्रहण समारोह बहिष्कार गरेका छन्।

संविधान अनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो। यद्यपि संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीमा भने नियुक्ति सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ।

यसैबीच सुनुवाइविना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad