खेल


मेयर कप क्रिकेट आयोजना गर्न महानगरद्वारा ५० लाख सहयोग घोषणा

मेयर कप क्रिकेट आयोजना गर्न महानगरद्वारा ५० लाख सहयोग घोषणा

नेपालखबर
माघ २०, २०७७ मंगलबार ११:४६,

मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि काठमाडौं महानगरपलिकाले ५० लाख रुपैयाँ दिने भएको छ। प्रतियोगिता काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्नेछ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रतियोगिता चैत्र मसान्तसम्म गरिसक्ने उल्लेख गरिएको छ।

सम्झौता अनुसार क्यानलाई काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गर्ने छ। महानगरले पहिलो चरणमा ६० प्रतिशत र दोस्रो चरणमा ४० प्रतिशत रकम उपलब्ध गराउने छ।

ओमान भ्रमणलाई लक्षित गर्दै गरिने प्रतियोगिता टेक्निकल कमिटि र प्रतियोगिता कमिटिको स्वीकृती आईसकेपछि खेल तालिका र टोली सख्ंया निर्धारण गरिने क्यानका मेनेजर विनोद दासले बताए।
नेपालले मार्च १९ देखि २८ सम्म (चैत्र ६ देखि १५) ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ। आइसिसी वल्र्ड कप सुपर लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच एकदिवसीय त्रिकोणात्मक सिरिज हुँदैछ।

सम्झौतापछि क्यानका अध्यक्ष चतुुरबहादुर चन्दले भने, ‘नेपालको क्रिकेटमा गुन लगाएकोमा धन्यावाद। यो एउटा सहकार्य र सुरुवात हो। निकट भविष्यमा स्तरीय र भव्य क्रिकेट प्रतियोगिता गर्ने छौं।’

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘हिजोका दिनसम्म हामीले फुटबल क्लबसँग लगानी गरेका थियौं। अहिले क्यानसँग गरेर समग्र नेपाली क्रिकेटलाई अघि बढाउन लागेको छौं। यसलाई फुटबललाई जस्तै निरन्तरता दिनेछौं। यो भव्य र सभ्य रुपमा सफल बनाउन महानगरभन्दा क्यानको भूमिका महत्वपूर्ण हुनेछ। आगमी वर्ष बजेट तयार गर्दा खेलकुदमा थप बजेट ब्यवस्थापन गर्ने छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad