ad ad

खेल


महिला लिगमा एपीएफकी सावित्रा एक्लैको दर्जन गोल, चौदण्डीगढी २२–० ले पराजित

महिला लिगमा एपीएफकी सावित्रा एक्लैको दर्जन गोल, चौदण्डीगढी २२–० ले पराजित

नेपालखबर
माघ १९, २०७७ सोमबार १०:५१,

राष्ट्रिय महिला फुटबल लिगमा सशस्त्र प्रहरीको एपीएफले उदयपुरको चौदण्डीगढीविरुद्ध गोलको वर्षा गरेको छ।

पहिलो हाफमै १२ गोल गरेको एपीएफले दोस्रो हाफमा अरु १० गोल थप्दै शानदार जित हात पारेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफका खेलाडी हावी भए।

एपीएफकी सावित्रा भण्डारी साम्बा एक्लैले एक दर्जन गोल गरिन्। खेल सुरु भएको पाँचौँ मिनेटमै खाता खोलेकी उनले ३२, ३३, ३४, ३७, ४७, ५५, ६२, ६४, ७२, ७९ र खेल सकिनुअघि समेत गरी १२ गोल गरेकी हुन्।

त्यस्तै अनु लामाले ११, १४, २०, २६ र ६६औँ मिनेटमा गोल गरिन् भने अनिता बस्नेतले ८, ५० र ६७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यसबाहेक एपीएफकै सरु लिम्बुले १८औँ मिनेटमा र रेनुका नगरकोटेले ३१औँ मिनेटमा गोल गरे।

जारी लिगमा सावित्राले २४ गोल गरिसकेकी छिन्। उनी लिगमा सर्वाधिक गोलकर्तामा अगाडि छिन्। आजको खेलमा चार ह्याट्रिक पूरा गरेकी उनी प्लेयर अफ द म्याच भइन्।

जारी लिगमा एपीएफ १८ अंकसहित शीर्षस्थानमा छ भने चौदण्डीगढीले जितको खाता समेत खोल्न सकेको छैन।

एपीएफले आज गरेको गोल जारी लिगमा कुनै पनि टिमविरुद्ध अहिलेसम्मकै सर्वाधिक गोल संख्या हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .