राष्ट्रिय महिला फुटबल लिगमा सशस्त्र प्रहरीको एपीएफले उदयपुरको चौदण्डीगढीविरुद्ध पहिलो हाफमै १२ गोल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले आफ्ना खेलाडी हावी हुँदा शून्यका विरुद्ध १२ गोलको अग्रता लिएको हो।
एपीएफकी सावित्रा भण्डारी साम्बा एक्लैले पहिलो हाफमा ५ गोल गरेकी थिइन्। उनले खेलको पाँचौँ, ३२औँ, ३३औँ, ३४औँ र ३७औँ मिनेटमा गोल गरेकी हुन्। त्यस्तै अनु लामाले ११, १४, २० र २६औँ मिनेटमा गोल गरिन् भने आठौँ मिनेटमै अनिता बस्नेत र १८औँ मिनेटमा सरु लिम्बुले गोल गरे।
यसबाहेक ३१औँ मिनेटमै रेनुका नगरकोटेले पनि गोल गरिन्।
अपराजित एपीएफ १५ अंकमा तालिकाको शीर्षस्थानमा छ। अंकविहीन चौदण्डीगढी भने तालिकाको पुछारमा रहेको छ।
प्रतिक्रिया